तमु धिंमा मेजर जयबहादुर–रुपकुमारी गुरुङको सालिक अनावरण १ करोड १५१ रुपैयाको स्वास्थ्योपचारकोष स्थापना

पाेखरा | जेठ १७, २०८०

तमु धिंमा मेजर जयबहादुर–रुपकुमारी गुरुङको सालिक अनावरण १ करोड १५१ रुपैयाको स्वास्थ्योपचारकोष स्थापना

पोखरा: पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा तमु धिंका परमआदरणीय, समाजसेवी स्वर्गीय मेजर जयबहादुर गुरुङ र श्रीमती रुपकुमारी गुरुङको  सालिक अनावरण गरिएको छ। मेजर गुरुङ दम्पत्तिले २०६७ सालमा १७ लाख ५ हजार रुपैयामा निर्माण गरिदिनुभएको तमु धिं नेपालको मुल घर, साँस्कृतिक भवन एवम हालै गुरुङ संग्रहालयको रुपमा विकास गरिएको भवनमा सदा स्मरण र सम्मानका लागि प्रतिस्थापित सालिकको समाजसेवी रुपकुमारी गुरुङले अनावरण गर्नुभएको थियो। उक्त अवसरमा तमु धिं नेपालका धार्मिक संयोजक लामा गोपाल गुरुङले पुजा एवम् मन्त्रवाचन गर्नुभएको थियो।

 

करिब साढे ६ लाखमा निर्माण एवम प्रतिस्थापित सालिक निर्माणमा समाजसेवी रुपकुमारी गुरुङ र तमु धिं नेपालको सहभागिता रहेको छ ।

 

यसै बिच समाजसेवी रुपकुमारी गुरुङले आर्थिक अभावमा स्वास्थ्योपचार समस्याले अकालमा कसैले जीवन गुमाउनु नपरुन भन्दै तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको स्व.मेजर जय–रुपकुमारी–स्व.उदयचन्द्र गुरुङ स्वाथ्योपचार कोष स्थापना गरिदिनुभएको छ। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको आग्रहमा तीन महिना अघि नै उक्त कोष स्थापित गरी मंगलवारको शुभदिनमा मंगलवार कोषको सार्वजनिक गरिएको हो । 

 

सामाजिक, साँस्कृतिक, धार्मिक, शैक्षिक, भौतिक निर्माण, दैविप्रकोप, स्वास्थ्योपचार एवम् समस्या रहेकाहरुलाई मानवीय तथा सामाजिक भावले विगतमा धेरै दान, सहयोग गर्दै आएको स्वर्गीय मेजर जयबहादुर गुरुङ, छोरा स्वर्गीय उदयचन्द्र गुरुङको सधै स्मरण र समाजसेवी रुपकुमारी गुरुङ सहयोगको अमरत्वका लागि कोष स्थापना गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो। कोष स्थापना गरिसकिएको छ, नियमावलीमा उल्लेख भए बमोजिम विधिगत ढंगबाट उपचार आवाश्यक तर आर्थिक विपन्नताले उपचार गर्न नसकिरहेकाहरुलाई सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो।

 

कार्यक्रममा समाजसेवी रुपकुमारी गुरुङ र छोरी पवित्रा गुरुङलाई तमु धिं नेपालको तर्फबाट मायाको चिनोसहित सम्मान गरिएको थियो।

 

तमु धिं नेपालको अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, सञ्चालन सचिव जुमकाजी गुरुङले गनुभएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्